सुदर्शन अम्बटेको बाल कविता संग्रह ‘झ्याउकिरी र जुनकिरी’माथि परिचर्चा कार्यक्रम

IMG-20240211-WA0196.jpg

खरसाङ: खरसाङका स्रष्टा सुदर्शन अम्बटेद्वारा लिखित बाल कविता संग्रह ‘झ्याउकिरी र जुनकिरी’ माथि एउटा विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। प्राप्त जानकारी अनुसार सालबारीको एक पुस्तकालय हलमा राखिएको उक्त परिचर्चा कार्यक्रममा सन् २०२१ को बाल साहित्य अकादमी पुरस्कारद्वारा पुरस्कृत बाल कविता सङ्ग्रह झ्याउकिरी र जुनकिरीमाथि बाल मनो- बैज्ञानिक पक्ष लगायत अन्य विविध खेस्राहरूलाई केलाएर विश्लेशष गरिएको थियो। प्राय: एक घण्टा चालिस मिनट लामो परिचर्चामा उत्तर बंगाल विश्व विद्यालयकी लेक्चरर प्रियङ्का च्याटर्जी, जोर्नलिस्ट अनुराधा शर्मा, डा सुजाता गुहा, छिमेकी एनजीओका संस्थापिका स्मृति प्रधान, क्याफे द ट्युङका प्रबन्ध निर्देशिका लेखा राई मुख्य परिचर्चा कर्ताहरूमा थिए भने साहित्य अनुरागी अमिन प्रधान र नेताजी हाई स्कुलकी सह शिक्षिका सुष्मा छेत्रीको पनि उपस्थिति रहेको थियो।परिचर्चाको अन्य बुँदाहरूमा नेपाली भाषामा बाल साहित्य लेखनमाथि बहस गरियो। यसको साथै अंग्रेजी वा बंगला साहित्यको दाँजोमा नेपाली बाल साहित्य हालसम्म पुग्न नसकिएको विषयमा पनि चिन्ता जाहेर गरियो । हाम्रा पुर्खाहरूले भन्दै आएका तर विलुप्त हुन लागेका लोक कथाहरूलाई अब फेरि लिखित रूपमा संग्रह गरी पुन: जीवित पारिन पर्ने साथै ती बाल कथाहरूलाई अन्य भाषामा पनि अनुवाद गर्न सकिए नेपाली बाल साहित्यको फाँट फराकिलो हुने कुरोको पनि उठान गरिएको बताइएको छ। यसै सन्दर्भमा हालै देनुका राईद्वारा अंग्रेजीमा अनुवादित डा. संगमु लेप्चाको ‘शान्ति बन’ लोक कथा संग्रहले अन्य भाषीहरूलाई नेपाली बाल कथापट्टि आकर्षित गराएको विषयमाथि पनि चर्चा गरियो। बाल कथासंगसंगै नेपाली बाल कार्टुनको पनि खाँचो भएको कुरो अनि बेला बखत यस्ता साहित्यिक परिचर्चा भई रहनु पर्ने कुरोको पनि उठान गरिएको जानकारी प्राप्त भएको छ। परिचर्चाको अन्तमा बाल साहित्यकार सुदर्शन अम्बटेको हालै प्रकाशित नौलो परिपाटीमा लेखिएको नवौं पुस्तक ‘फेमिली टेबल बुक’ सबै प्रतिभागीहरूलाई उपहार स्वरूप प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *