मेड इन इण्डिया आईफोनले बनायो नयाँ रेकर्ड

Cropped shot of an unrecognizable businessman standing alone in his home office and texting on his cellphone

भारत आज एप्पलको लागि ठूलो बजार भएको छ। एप्पलले भारतमा धेरै मात्रामा स्मार्टफोन उत्पादन गरिरहेको छ। यसका साथै भारतले आईफोन १५ को बिक्रीको नयाँ रेकर्ड बनाएको छ। आइफोन १५ को धेरै मोडल भारतमा बनाइएको छ। एप्पलको यो मेड इन इण्डिया आईफोन १५ को खरिदमा निकै चासो देखिएको छ भने चीनमा मेड इन इन्डिया स्मार्टफोनको माग बढ्दै गएको छ। एप्पलले आफ्नो उत्पादन लाइनअप चीनबाट भारतमा ठूलो मात्रामा सार्दै छ, जसका कारण चीनले व्यापारिक दृष्टिकोणबाट घाटा व्यहोरिरहेको छ।

 क्यनलिसको एक रिपोर्ट अनुसार, एप्लनले सन् २०२३ को चौथो त्रैमासिकमा अहिलेसम्मकै उच्च शिपमेन्ट हासिल गरेको छ। सन् २०२३ को चौथो त्रैमासिकमा वार्षिक रूपमा ५० प्रतिशतको वृद्धि रेकर्ड गरिएको छ। कम्पनीले करिब ३० लाख आईफोन ल्याइसकेको छ। योसँगै बजारको हिस्सामा ७.३ प्रतिशत पुगेको छ। समाचारअनुसार, भारतमा ट्रेड-इन कार्यक्रम र तत्काल ब्यांकिङ छुटका कारण एप्पलका उत्पादनहरूको मागमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२३ को चौथो त्रैमासिकमा ४० हजार रुपियाँभन्दा बढीको सेगमेन्टमा आइफोनको बिक्रीमा वार्षिक ३३ प्रतिशतले वृद्धि भएको छ। एप्पल यस क्षेत्रमा ७५ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको छ। समाचार अनुसार, सन् २०२४ मा भारतीय स्मार्टफोन बजार करिब पाँच प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *