गज़ल

Gazal

रीडबिनाको हार्मोनियम बजाउँदै गीत गाउँदैछौं हामी

गीत र भजन गाई दिएकोमा  दक्षिणा पाउँदैछौं हामी

दुश्मन भनेर चिने तापनि नचिने जस्तो अभिनय गर्दै

निहित स्वार्थमा दुश्मनसित नै मितेरी लाउँदैछौं हामी

पैसा र भौतिक सुखको चाहनाले बुद्धि सखाप पार्यो

त्यसै निम्ति अन्धो झैं ब्ल्याकहोलतिर धाउँदैछौं हामी

सीमित स्वार्थमा आफ्नो सर्वस्व बेचेर रमायौं हिज र

आज नानावली आशिष लिएर मुख  बाउँदैछौं हामी

मलामी गइसक्यो जातीय अस्मिता र स्वाभिमानको

तर मस्त भई दिवालीमा झैं उफ्रिंदै  रमाउँदैछौं हामीll  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement