अस्थायी सरकारी कर्मचारीलाई स्थायी गराउन अधिसूचना जारी

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: सिक्किम सरकारले राज्यका अस्थायी तथा २००६ पछि स्थायी बनेका कर्मचारीको हितलाई ध्यानमा राखेर विभिन्न अधिसूचना जारी गरेको छ। सरकारको कार्मिक एवं प्रशिक्षण डीओपी विभागले रम्फूमा आयोजन गरेको अस्थायी कर्मचारी भरोसा सम्मेलनको अवसरमा मुख्यमन्त्री पीएस गोलेले कर्मचारीको पक्षमा विभिन्न लाभकारी योजनाका अधिसूचना जारी गरे। सरकारले २००६ पछि स्थायी कर्मचारीको पक्षमा पुरानो पेन्सन पुनर्बहालीको अधिसूचना जारी गरेको छ। यसरी नै ३१ दिसम्बर, २०२३ मा चार वर्षको सेवाकाल पूरा गरेका सबै अस्थायी सरकारी कर्मचारीलाई स्थायी गराउने अधिसूचना मुख्यमन्त्रीले जारी गरे। नयाँ अधिसूचना अनुसार, अब सिक्किम सरकार अधीनस्थ विभागमा काम गर्ने दिव्याङ्ग कर्मचारीलाई दुई वर्षको सेवाकाल पूरा गरेपछि स्थायी गरिनेछ। यसरी नै जमिनदान दिएर नियुक्ति पाएका अस्थायी कर्मचारीलाई स्थायी गराउने र वन विभाग अन्तर्गत विभिन्न पदको सिर्जना गर्ने अधिसूचना पनि मुख्यमन्त्रीले आजको सम्मेलन अवसरमा जारी गरे।

रम्फू खेलमैदानमा आयोजित अस्थायी कर्मचारी भरोसा सम्मेलनमा भाग लिन राज्यमा सेवारत कर्मचारीहरूको उत्साहपूर्ण उपस्थिति रहेको छ। यस अवसरमा मुख्यमन्त्रीले स्थायी बनेका केही कर्मचारीलाई मेमोरेण्डम हस्तान्तरण गरे। सम्मेलनमा उपस्थित विभिन्न विभाग र अहोदाका कर्मचारीले मुख्यमन्त्रीलाई अभिनन्दन र सम्मान जनाएका छन्।

About Author

Advertisement