काशीमा १२१औँ बालकृष्ण सम जयन्ती पालन

IMG-20240209-WA0170

वारणसी: काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागअन्तर्गत नेपाली अनुभागमा नाट्यसम्राट्, साहित्यकार, चित्रकार, दार्शनिक, अभिनेता, छायाकार, त्रिरत्नमध्ये एक रत्न बालकृष्ण समको १२१औँ जयन्ती समारोहपूर्वक मनाए। विभागका अध्यक्ष प्रो. दिवाकर प्रधानको अध्यक्षतामा भएको उक्त समारोह मङ्गलाचरण र सामूहिक कुलगीतपछि समको चित्रमा माल्यार्पण गरीकन थालनी भयो। विद्यार्थी मनमाया गोलेले समका व्यक्तित्व र कृतित्वको परिचय राखिन् भने विद्यार्थी अनुपकुमार शर्माले समको ‘इच्छा’ कविता लयमा वाचन गरे। विद्यार्थी अञ्जली शर्माले समको रचना सूचि पठन गरिन्। शोधार्थी सृजना सुब्बाले समको सृजनामा प्रासदीय संगीतको प्रभाव अनि निरन्तर अभ्यासले नेपाली शिल्पजगत् समृद्ध गरेको सत्योद्घाटन गरिन्। शोधार्थी कुशल तामाङले समसाहित्यको सार मानवता हो भन्दै समसाहित्यको गम्भीरताबारे प्रकाश पारे। बालकृष्ण समको दर्शनविषयक शोधकार्य सम्पन्न गरिसकेका मौसम शर्माले प्रमुख वार्ताकारको भूमिका निर्वाह गर्दै समको साहित्यदर्शनबारे सविस्तार जानकारी गराए। समको दर्शन पाश्चात्य बुद्धिवाद र पौरस्त्य श्रमण परम्पराबाट प्रभावित भए तापनि अन्तत: बौद्ध र वेदान्तको आध्यात्मिक सिद्धि अभीष्ट बनेको संसूचना प्रस्तुत गरे। सभाध्यक्षले समसाहित्यको अध्ययनले ज्ञानको बाटो विस्तृत हुने जनाए। डा. अमित थापाले धन्यवाद ज्ञापन गरे भने सभाध्यक्षको अनुमति लिईकन उद्घोषक नितेश राईले सभा शेष भएको घोषणा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *