फाइनलमा इण्डियन टीम र एनबीयू शिवमन्दिरबीच भिड़न्त तय

IMG-20240209-WA0162.jpg

सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी क्रिकेट टुर्नामेण्टमा इण्डियन टीमले फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनलमा इण्डियन टीमले हनुमान मन्दिरलाई ५ विकेटले पराजित गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै हनुमान मन्दिरको टीम १३७ रन बनाएर अलआउट भयो। चन्दनले सर्वाधिक ३२ रन बनाए। इण्डियन टीमका बलरहरूमा सुजीतले ३ विकेट लिए। जवाफमा इण्डियन टीमले ५ विकेट गुमाएर १३८ रनको लक्ष्य हासिल गऱ्यो। विजेता टीमबाट गोदाईले ४० रन बनाए। अब आइतवार (११ फरवरी) खेलिने फाइनलमा इण्डियन टीम र एनबीयू शिवमन्दिरबीच भिड़न्त हुनेछ। गत २८ जनवरीदेखि शुरु भएको यो टुर्नामेण्ट १६-१६ ओभरको प्रारूपमा खेलिँदैछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *