कन्टेनरबाट बन बिभागले गरे बर्मा टीक काठ उद्धार

eda17151-5a40-4316-8af3-b863a0728629-1024x768.jpg

बाघडुग्रा: बाँस बोकेको कन्टेनरको आडमा बर्मा टीक काठ तस्करी गर्न अगावै बाघडुग्रा वन विभागले काठ उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा वन विभागले नक्सलबारी बेङ्गाईजोत संलग्न राष्ट्रिय राजमार्ग नजिक एउटा पेट्रोल पम्पमा अभियान चलाएर ३० लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको छ। वन विभागका बिट अफिसर वाङ्चु लामाले बताएअनुसार गोप्य सूचनाको आधारमा राष्ट्रिय राजमार्ग नजिकबाट बर्मा टीक काठ बोकेको एउटा कन्टेनर जफत गरेको छ। उक्त काठ असमबाट बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। वन विभागले जाँच शुरू गरेको छ।

About Author

Advertisement