गान्तोक: दिल्लीस्थित सिक्किम हाउसलाई सिक्किम उर्जाले आफ्नो सीएसआर फण्ड अन्तर्गत एउटा एम्बुलेन्स प्रदान गरेको छ। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम हाउसका अधिकारीलाई एम्बुलेन्सको चाबी सुम्पिए।यस अवसरमा राज्य परिवहन मन्त्री संजीत खरेल र सिक्किम उर्जाका अधिकारीहरू पनि उपस्थित थिए। राज्यपालले जनकल्याण र समुदाय स्वास्थ्यलाई बढावा दिने दिशामा यसलाई एउटा सकारात्मक पहल बताएका छन्।