नशालु पदार्थ सहित एक पक्राउ

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: रानीपुल पुलिसले एक व्यक्तिलाई नशालु पदार्थ सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पदम तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ।प्राप्त जानकारी अनुसार, आरोपी तामाङ एउटा बसमा आउने क्रममा रानीपुल टाटा बस स्टयाण्डमा उत्रिएका थिए।

उक्त व्यक्तिले नशालु पदार्थको धन्दा गर्दै आइरहेको पुलिसलाई विश्वासनीय सुत्रले अगावै अवगत गराएको थियो। यसै क्रममा उनलाई पक्राउ गरेपछि उनीबाट पुलिसले ४२६ वटा विन्सपास्मो फोर्ट क्याप्सुल, १० वटा नाइट्रोजम, एउटा मोबाइल र सिम कार्ड फेला पारेको छ। आरोपीविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement