थन्डर बोल्टबाट सिनाल्चु एफसी पराजित

IMG-20240208-WA0146.jpg

गान्तोक: फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको तत्वावधानमा आयोजना भइरहेको सिक्किम प्रिमियर लिग दोस्रो सिजनको लिग चरणका म्याचहरु गन्तोकको पाल्जर स्टेडियम अनि नाम्चीस्थित भाइचुङ स्टेडियममा सम्पन्न भइरहेको छ।

आज पाल्जर स्टेडियममा सिनाल्चु फुटबल क्लब अनि थन्डरबोल्ट नर्थ युनाइटेडकोबीच खेल सम्पन्न भएको थियो, जसमा तन्डरबोल्ट विजयी बनेको छ।

खेलको पहिलो हाफमा थन्डरबोल्टका खेलाडी अन्जान विष्टले सुन्दर गोल लगाएर आफ्नो टिमको स्कोरमा बढत दिलाउन सफल बने। दोस्रो हाफको खेलमा दुवै दलले धेरै प्रयास गरे तापनि कुनै गोल गर्न सफल भएन। यसरी शुन्यको विरुद एक गोलले थन्डरबोल्ट नर्थ युनाइटेड विजय बन्न सफल बन्यो।

आजको खेलमा मंगन जिल्लाका जिल्ला अध्यक्ष कादो लेप्चा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। यसरी नै उत्तर जिल्लाबाट मु्ख्यमन्त्रीका अतिरिक्त राजनीतिक सल्लाहकार छिरिङ वाङ्गेल भोटिया साथै मंगन जिल्लाका जिल्ला उपाध्यक्ष सोनम किपा भोटिया विशिष्ट अतिथिको रुपमा उपस्थित रहेकी थिइन्।

आज सम्पन्न भएको खेलमा सिनाल्चु नाम्चीका खेलाडी रोहित छेत्रीलाई सिक्किम सुप्रिम इमर्जिङ खेलाडीको पुरस्कार प्रदान गरियो साथै थन्डरबोल्ट नर्थ युनाइटेडका खेलाडी कुनाल तामाङलाई म्यान अफ द म्याच घोषित गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *