महत्वपूर्ण सांगठनिक बैठकको लागि बंगाल भाजपाका सांसदद्वयलाई दिल्लीबाट बोलाइयो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगाल भाजपाका वरिष्ठ सांसदद्वय सुकान्त मजुमदार र दिलीप घोषलाई दिल्लीमा सञ्चालन भइरहेको बजेट अधिवेशनलाई छोड़ेर कोलकाता फर्किन लगाइएको छ। यस अतिरिक्त केन्द्रियमन्त्री जगन्नाथ सरकार, सुभाष सरकार, निशिथ प्रामाणिक औ बंगालका प्रभारी सुनील बन्सल पनि कोलकाता आइरहेका छन्।

प्रदेश भाजपाका एकजना नेताले बताए, बिहीवार साँझ अचानक संगठनको बैठक डाकिएको छ। यसमा प्रदेश भाजपा अध्यक्षको रूपमा सुकान्त मजुमदार अनि पूर्व अध्यक्षको रूपमा दिलीप घोषलाई सामेल हुने आग्रह गरिएको छ। उनीहरू दिल्लीबाट फर्किरहेका छन्। यसको साथै सांगठनिक महासचिव अमिताभ चक्रवर्ती र संयुक्त महासचिव सतिश ढो़ढ बैठकमां उपस्थित रहनेछन्। उक्त नेताले बताए, भाजपाको लोकसभा चुनाउ समितिमा २० जना सदस्यलाई राखिएको छ। समितिमा यी सबैजना सामेल छन्। राज्य विधानसभाको बजेट पेश हुने दिन साँझ सम्पन्न हुने भाजपाको यस बैठकको विशेष महत्व छ। सूत्रले बताएको छ, आगामी १६ फरवरीमा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले आफ्नो पार्टीका सांसदहरूलाई लिएर बैठक गर्नेछन्। यसअघि नै भाजपा आफ्नो राजनीतिक रणनीति तय गर्न चाहन्छ। बंगाल भाजपाको सूत्रले बताएको छ, सुकान्त मजुमदार र दिलीप घोष दिल्लीबाट अपरान्हको समयमा मात्र कोलकाता आइपुग्नेछन्। तथापि यी दुई नेता शुक्रवार बिहान दिल्ली फर्किन सक्नेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement