गोरामुमो सौरेनी पानीघट्टा समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20240208-WA0139.jpg

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तीब्रता दिदै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा शाखा प्रशाखा गठन कार्य युद्ध स्तरमा चलिरहेको जानकारी प्राप्त भएको छ। यसै क्रममा मिरिक ब्राञ्च कमिटी अन्तर्गत सौरेनी पानीघट्टा समष्टिलाई सांगठनिक विस्तारलाई तीब्रता दिन टिङलिङमा सभा बस्यो। समष्टि अध्यक्ष कर्ण प्रधानको अध्यक्षतामा बसेको सभामा समष्टि सचिव दिपक गजमेर, मिरिक ब्लक समिति सचिव सुजित तामाङ, एचपीडब्ल्यु मिरिक ब्राञ्च कमिटी अध्यक्ष आरएस देवान, कटरिया शाखा अध्यक्ष सन्तोष तामाङ, सौरेनी पानीघट्टा समष्टि प्रमुख सल्लाहकार टीका राणा, गोरायुमो मिरिक ब्राञ्च कमिटी महासचिव निश्चल थापा, सदस्य रबि खवास लगायत गोरामुमो सदस्यहरुको उपस्थिति रहेका थिए। सभामा अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै समष्टिलाई बलियो बनाउनको निम्ति व्यापक छलफल गर्दै यथाशीघ्र समष्टिले गाउँ पसौं अभियानको थालनी गर्ने प्रस्ताव गर्‍यो। समष्टिमा रहेका शाखा प्रशाखा, भ्रातृ संगठनको शाखा प्रशाखा गठन साथै पुनः गठन पनि गर्ने सभामा प्रस्ताव पारित गरेको निश्चल थापाले जानकारी गराए। गोरामुमोले चुनावको निम्ति होइन तर अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउन हेतु सांगठनिक बिस्तारलाई तिब्रता दिएको हो। गोर्खा जातिको मुद्दा अब फत्ते गराउनु पर्छ संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनैतिक समाधान मार्फत गोर्खाहरुले झट्टै न्याय पाउनु पर्छ र भारत सरकारले अब गोर्खाहरुलाई सम्मान दिनु पर्छ भनी सभामा बक्ताहरुले आफ्नो मांग राखेको निश्चल थापाले थप जानकारी गराएका छन्।

About Author

Advertisement