कोभिड़ भारत: कोरोनाकाे १४१ नयाँ मामिला, १ जनाकाे मृत्यु

1000421628.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,२६,६१२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,४५९ पुगेको छ। यसरी नै यस अवधिमा ४८० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,९२,२९७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर ८५६ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ११,८३८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,९१,३३३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा २५८ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,८८,३९९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement