रूपनारायणपुर नदीमा डुङ्गा दुर्घटनाग्रस्त भएपछि पाँचजना मानिसहरू बेपत्ता

4-80.jpg

हावड़ा: पश्चिम बंगालको हावड़ा जिल्ला अधिनस्थ रूपनारायण नदीमा डुङ्गा दुर्घटनाग्रस्त भएपछि पाँचजना मानिसहरू बेपत्ता भएका छन्। स्थानीय पुलिसबाट प्राप्त जानकारी अनुसार हावड़ा जिल्लाका बेलगाछिया, शिवपुर र बगनानबाट १९ जना मानिसहरूको एक समूह पिकनिकको लागि पश्चिम मेदिनीपुर जिल्लाको दासपुरस्थित त्रिवेणी पार्कमा गएको थियो।

पिकनिक मनाएर गए बिहीवार राती फर्किने क्रममा नदीमा डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भयो। पुलिसले बतायो, मानिसहरूको चित्कार, कोकोहोलो सुनेपछि स्थानीय मानिसहरू अन्य डुङ्गा लिएर घटनास्थलमा पुगे अनि हरसम्भव मानिसहरूलाई बचाउने प्रयास गरे। तथापि अहिलेसम्म पाँचजना मानिसहरूलाई भेटिएकै छैन जसको निम्ति खोजी अभियान सञ्चालन भइरहेको छ।

हावड़ाकी जिल्लाधिकारी दीपाप्रिया पीले शुक्रवार बताइन्, दुर्घटना बारे थाहा लागेपछि दुईवटा आपदा प्रबन्धन दल अनि सिभिल सुरक्षा कर्मीहरूलाई बचाउ कार्यमा खटाइयो। पुलिस अधीक्षक स्वाति भंगालियाले बताइन्, बचाउ कार्य जारी छ। अधिकारीहरूले बताए, घटनामा बचाइएका कतिपय मानिसहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको छ।

About Author

Advertisement