सिलगढीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

IMG-20230528-WA0320-5-300x172-2

सिलगढी: सिलगढी महानगरीय पुलिसले सिलगढीमा एक नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ। आरोपित शिक्षकलाई मंगलबार पक्राउ गरिएको हो। तर, अभियुक्तको नर्सिङ होममा उपचार भइरहेकोले उनलाई हालसम्म अदालतमा पेश गरिएको छैन। आरोपित शिक्षकलाई निगरानी गर्न नर्सिङ होममा २४ घण्टा पुलिस तैनाथ गरिएको छ। नर्सिङ होमबाट डिस्चार्ज भएपछि आरोपीलाई अदालतमा पेश गरिने पुलिसले जनाएको छ। पुलिस आयुक्त सी सुधाकारले आरोपित शिक्षकलाई पक्राउ गरिएको बताए। शिक्षकलाई निगरानी गर्न नर्सिङ होममा २४ घण्टा पुलिस तैनाथ गरिएको छ। उल्लेखनीय छ, शक्तिगढ हाईस्कुलका शिक्षक एमडी आलममाथि गत ३ फरवरीको दिन ट्युसन जाने एक नाबालिग छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। नाबालिग आफैले सोमबार राति महिला पुलिस थानामा लिखित उजुरी दिएकी थिइन्। त्यसपछि महिला पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। अभियुक्तको नर्सिङ होममा उपचार भइरहेको अनुसन्धानले देखाएको छ। उनको नाक, कान र घाँटी (ईएनटी) विभागमा उपचार भइरहेको छ। त्यसपछि आरोपित शिक्षकलाई पक्राउ नगरेसम्म नर्सिङ होममा २४ घण्टा पुलिस तैनाथ गरिएको थियो।

About Author

Advertisement