वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले सम्हाले कार्यभार

n5811413561707309610194882195c8c70b3216e02c3c8f076ca3f44d605f50fe366fd93ace534a04eb8f59.jpg

पाकिम: सिक्किम पुलिसको वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा, आईपीएस- ले पाकिम जिल्लाको वरिष्ठ पुलिस अधीक्षकको कार्यभार सम्हालेका छन्। हालैमा स्थानान्तरित लेप्चाले आज, बुधवारदेखि आफ्नो कार्यभार सम्हालेका हुन्। पाकिममा जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न स्वागत समारोहमा वरिष्ठ पुलिस अधीक्षक लेप्चालाई सिक्किम पुलिसले उनलाई गार्ड अफ् अनर दिए। यस अवसरमा पाकिम जिल्लाका एएसपी रिन्जिङ छोपेल, वरिष्ठ पुलिस अधिकारीहरू र जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए।

About Author

Advertisement