दार्जीलिङ: क्रामाकपा दार्जीलिङ आञ्चलिक कमिटीको सभा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भयो। सभालाई आञ्चलिक सभापति कृष्णवीर राईले अध्यक्षता गरेका थिए। सभामा पार्टी केन्दीय संगठन प्रमुख कमरेड शेखर छेत्री अनि केन्द्रीय सहसचिव एवं प्रवक्ता कमरेड अरूण घतानी मुख्य रूपमा उपस्थित थिए। सभामा जोनल कमिटिका प्रमुख नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा सांगठानिक गतिविधि बडाउने सबै जोनल र शाखाको सभा गरी जनसम्पर्क तीब्र गर्ने निर्णय गरियो। सभामा बंगाल सरकारले जमीनको खतियान, खजना लगायत सरकारी कागज पत्रमा बंगला भाषा प्रयोग गरेर भाषिक अतिक्रमण गरेकोमा विरोध जनायो। १९६१ सालमा राज्यको दार्जीलिङ जिल्लामा नेपाली भाषा प्रयोग गर्ने अधिनियम निस्केको हो साथै १९९२ मा संविधानको आठौं अनुसुचीमा मान्यता प्राप्त भाषामाथि अतिक्रमण गरिनु अन्यायमूलक कार्य हो यसको घोर विरोध गर्दछ। यस विषयमा चाढै जिल्लापाललाई भेट गरिनेछ। बाघडोगरा हवाई अड्डालाई भारतको संविधान सभाका अन्यतम् सदस्य “अरिबाहादुर गुरूङको” नाममा नामाकरण गरिनु पर्ने क्रामाकपा कालेबुङ आञ्चलिक कमिटिको मागलाई समर्थन गर्दै हाम्रो दार्जीलिङका सांसद राजु विष्टले पहल गरून् भन्ने अनुरोध गर्दछ। सभामा अलग राज्यको मांगको निम्ति लद्दाखको जनता सडकमा उत्रकोमा अभिनन्दन साथै समर्थन जनाउँदै पहाडको सम्पूर्ण गोर्खाल्याण्ड आकांक्षीहरू एकजुट भएर सडकमा उत्रनु पर्ने आह्वान् गर्दछ भनी क्रामाकपा दार्जीलिङ आञ्चलिक कमिटिको सचिव उद्वभ खनालले जानकारी दिएका छन्।