सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तीब्रता दिने क्रममा शाखा प्रशाखा गठन कार्यलाई जारी राखेका छन्। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टि आईटीआई शाखा गठन गरिएको जानकारी प्राप्त भएको छ। बलराम छेत्रीको अध्यक्षतामा बसेको सांगठनिक सभालाई गोरायुमो खरसाङ ब्राञ्च कमिटी सचिव सन्तोष सुब्बाले सञ्चालन गरेका थिए। समष्टि अध्यक्ष मन छेत्री गोरानासं केन्द्रीय समिति सदस्या अमृता छेत्री, देवराज छेत्री, वीर बहादुर राई, डीके प्रधान लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेका थिए। पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै आफ्नो संगठनलाई बलियो बनाउन हेतु समष्टिमा शाखा प्रशाखा गठन गरिएको सन्तोष सुब्बाले जानकारी दिएका छन्। सभामा व्यापक छलफलपछि टुङ आईटीआई शाखा अध्यक्ष पदमा महेन्द्र भुजेल, सचिव मुन्ना लामालाई सर्वसहतिले चयन गरिएका छन्। यसै गरी कोषाध्यक्षामा उमा तामाङलाई चयन गर्दै २० जना कार्यकारिणी सदस्यहरु चयन गरिएका छन्। नवगठित शाखा समितिका प्रतिनिधिवर्गलाई समष्टि अध्यक्ष मदन छेत्रीले बधाई अनि शुभकामना दिन्दै संगठनलाई बलियो बनाउनको निम्ति पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देशन समेत दिएका छन्।










