दिल्ली मेट्रोबाट यात्रामा राष्ट्रपति द्रौपदी मुर्मु

107481772.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले बुधबार दिल्लीको लाइफलाइन भनिने मेट्रोको सुविधाजनक यात्राको आनन्द उठाइन्। यो घटनाको भिडियो सार्वजनिक भएको छ। संचारमाध्यमको रिपोर्टअनुसार, राष्ट्रपति द्रौपदी मुर्मु पहेँलो साडी र मस्टर्ड कलरको स्वेटर लगाएको देखिएकी छिन्। उनको भ्रमणको उद्देश्य सहरका बासिन्दाका दैनिक अनुभवहरूसँग जोड्नु थियो। राष्ट्रपतिको भ्रमणको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भिडियोमा मेट्रोमा सवार हुँदा दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)का धेरै अधिकारीहरू उनको वरिपरि देखिन्छन्, जसले उनलाई मेट्रो सञ्चालनको बारेमा जानकारी दिइरहेका छन्। उल्लेखनीय छ, यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धेरै पटक दिल्ली मेट्रोमा यात्रा गरिसकेका छन्। यस क्रममा उनले आम जनताको अनुभव लिनुका साथै दिल्ली मेट्रो सञ्चालनको बारेमा जानकारी समेत लिएकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *