मालदा: अपराधीहरूले बन्दुकको बलमा एक सुन व्यापारीलाई लुटे। घटना मालदाको हरिशचन्द्रपुर थाना अन्तर्गत कुशिदा ग्राम पञ्चायत क्षेत्रको हो। सूत्र अनुसार बंगाल-बिहार सीमा नजिक तेंतुलतलामा कमल ठाकुर नामक एक सुन व्यापारी आफ्नो सुन पसल बन्द गरेर घर फर्किरहेका थिए। यसै अवधि तीनजना उपद्रवीहरूले सुन व्यापारीको शिरमा बन्दुक राखेर लगभग ३० ग्राम सुन, भारी मात्रामा चाँदी अऩि ३०,००० रुपियाँ नगद लुटे। घटनापछि व्यापारी हरिशचन्द्रपुर थाना पुगे अनि आफ्नो सिकायत दर्ता गराए। उक्त सिकायतको आधारमा हरिशचन्द्रपुर थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ। उक्त घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। आम मानिसहरूले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन्।










