एमएलसी-को फ्रेञ्चाइजी वाशिंगटन फ्रीडम-मा सामेल भए रिकी पण्टिंग

IMG-20240207-WA0129.jpg

सिडनी: अष्ट्रेलियाका पूर्व कप्तान तथा महान ब्याटर रिकी पण्टिंगलाई अमेरिकाको मेजर लीग क्रिकेट (एमएलसी)-को दोस्रो सीजन अघि बुधवार वाशिंगटन फ्रीडम फ्रेञ्चाइजीले आफ्नो मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। पण्टिंग भारतमा हुने इण्डियन प्रीमियर लीग (आईपीएल)-मा दिल्ली क्यापिटल्स फ्रेञ्चाइजीका पनि मुख्य प्रशिक्षक हुन्। उनले भारतीय-अमेरिकी व्यवसायी सञ्जय गोविलको स्वामित्वमा रहने वाशिंगटन फ्रीडम फ्रेञ्चाइजीसँग दुई सालको अनुबन्ध गरेका छन्। अष्ट्रेलियाका सबैभन्दा सफल कप्तानहरूमा सामेल पण्टिंगले फ्रेञ्चाइजीमा ग्रेग शेफर्डको स्थान लिनेछन्। यस टी२० लीगको दोस्रो सीजन ६ वटा टीमबीच जुलाईमा खेलिनेछ। पण्टिंगले एउटा बयानमा भने, म यस साल वाशिंगटन फ्रीडम-मा सामेल भएर धेरै खुशी र उत्साहित छु। अमेरिकामा क्रिकेट साँच्चै लोकप्रिय बनिरहेको छ अनि म मेजर लीग क्रिकेटको हिस्सा बन्ने प्रतीक्षा गरिरहेको छु।

पण्टिंगले बताएअनुसार, वाशिंगटन फ्रीडम-बाट प्रस्ताव आएपछि उनले दिल्ली क्यापिटल्सका मालिकहरूबाट परामर्श लिएका थिए कारण एमएलसी-को अन्य एउटा टीममा यस आईपीएल फ्रेञ्चाइजीको हिस्सेदारी रहेको छ। उनले भने, एमएलसी-बाट प्रस्ताव आएपछि मैले पहिला दिल्ली फोन गरे। यसमा दिल्ली क्यापिटल्सका मालिकहरूका सहमति हुनु जरूरी छ कारण उनीहरू अन्य एउटा टीममा हिस्सेदार रहेका छन्। मैले वाशिंगटन फ्रीडम-मा काम गर्दा उनीहरूलाई कुनै समस्या नहुने स्पष्ट भएपछि मैले एमएलसी फ्रेञ्चाइजीको प्रस्ताव स्वीकार गरे। उल्लेखनीय छ, दिल्ली क्यापिटल्सका सह-मालिक जीएमआर ग्रुपको अन्य एउटा एमएलसी फ्रेञ्चाइजी सिएटल अर्कासमा हिस्सेदारी रहेको छ। माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकारी सत्या नडेला सिएटल स्थित फ्रेञ्चाइजीको सहमालिक हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *