गुवाहाटी: असम सरकारको लोक स्वास्थ्य अभियन्त्रणमन्त्री जयन्त मल्लबरूवाले भनेका, असमका २४,१५२ गाउँहरूमा पिउने पानी पुऱ्याइँदैछ। मन्त्री मल्लबरूवासे आज असम विधानसभाको बजेटकालीन अधिवेशनको दोस्रो दिन प्रश्नकालमा विधायक विद्या सिंह इंग्लेंगको पेयजल आपूर्ति सम्बन्धी प्रश्नको उत्तर दिरहेका थिए।
मन्त्रीले भने, जल जीवन मिशन अन्तर्गत सम्पूर्ण राज्यमा ७०,३६,७९३ परिवारका ३,२७,५३,२६१ मानिसहरूलाई पेयजल उपलब्ध गराउने सरकारको लक्ष्य छ। अर्को
प्रश्नको उत्तरमा मन्त्रीले बताए, कार्बी आंगलोंग जिल्लामा अहिलेस्ममा ६११ वटा गाउँहरूमा जल जीवन मिशन अन्तर्गत शुद्ध पिउने पानी उपलब्ध गराउने व्यवस्था गरिसकिएको छ भने रहल बँचेका ११७७ गाउँहरूमा यसै वर्षभित्रमा पिउने पानीको व्यवस्था गरिनेछ।
मन्त्री जयन्त मल्लबरूवाले बताए, जल जीवन योजनाको लागि शुरूदेखि अहिलेसम्ममा केन्द्र सरकारद्वारा ३५,०८८.४० करोड़ रुपियाँ उपलब्ध गराइएको छ जसमा अहिलेसम्ममा १४,१३६.२० करोड़ रुपियाँ आवन्टन गरिसकिएको छ। यसमध्ये यस वर्षको गत ३० जनवरीसम्म केन्द्रिय अऩुदानको १३,१६१.५९ करोड़ रुपियाँ अर्थात 93.10 प्रतिशत कर्च गरिसकिएको छ।
मन्त्रीद्वारा दिइएको मौखिक तथा पूरक प्रश्नको उत्तर अवधि विपक्षी सदस्यहरूले खैलाबैला गरेका कारण अध्यक्ष विश्वजित दैमारीले सदनको कारबाहीलाई १० मिनटसम्मको लागि स्थगित गरिदिए।