आफ्नो कम ब्याक भइसकेकाे बिमल गुरूङकाे दाबी

IMG-20240206-WA0196.jpg

मिरिक: गाेर्खा जनमुक्ति माेर्चाकाे एउटा कर्मी सभा मंगलबार मिरिकको साैरेनी बजार सार्वजनिक भवनमा गाेजमुमाे मिरिक महकुमा अध्यक्ष रूपेस राईकाे अध्यक्षता अनि महासचिव पूर्णसिहं राईकाे सञ्चालनमा सम्पन्न भयाे। प्रवक्ता दिपेन मालेले स्वागत सम्बाेधन राखेकाे सभामा गाेजमुमाे केन्द्रीय महासचिव राेशन गिरी, दार्जिलिङ तराई डुर्वस प्लान्टेसन लेबर युनियनका केन्द्रीय अध्यक्ष सुरज सुब्बा, युवा माेर्चा केन्द्रीय अध्यक्ष नाेमन राई, गाेजमुमाे केन्द्रीय समितिका सांगठनिक सचिव दिपेन माले, सभासद सुरज राई, दार्जिलिङ शहर समिति युवा अध्यक्ष साेबित राई, नारी माेर्चा केन्द्रीय सह सचिव ललिता छेत्री आदि उपस्थित थिए। यस अवसरमा शिक्षक राेशन थापा लगायत अन्यले गाेजमुमाेलाई समर्थन जनाएका छन्। यस अवसरमा बाेल्दै गाेजमुमाे केन्द्रीय अध्यक्ष बिमल गुरूङले भने, बिमल गुरूङले कम ब्याक गरिसकेकाे छ। आमा बेचेर भात खानेहरूलाई जनताले सबक सिकाउनेछ भने। तिनले मैले जन्म नदिए पनि पहाडका सबै मेराे कर्मले शाखा सन्तान हुन्।यसैले बिमल गुरूङ गाेर्खाकाे अभिभावक हाे। अभिभावक भएर मैले एकल साेच्नु हुँदैन।जातिकाे लागि साेच्नुपर्छ। यसैले मैले जातिकाे लागि काम गरिरहेकाे छु। मेराे खुनकाे एक एक कत्रामा गाेर्खाल्याण्ड छ अनि अन्तिमसम्म रहनेछ भने।तिनले अनिवार्य आफूलाई साथ दिने जनतालाई अनुराेध गर्दै यहाँ थुप्रै कुराे बिग्रिएकाे छ जसलाई सुधारेर अब लानुपर्छ भने। तिनले हामी युनाइटेड हुन अति आवश्यक रहेकाे छ भन्दै हामी जातिलाई साेचेर काम गर्ने ब्यक्ति हाे। सर्वस्व गुमाएर म जातिकाे लागि अघि बडी रहेकाे छु।विस्थापित भएदेखि यता मैले घरकाे संघार टेकेकाे छुइन। जे गर्दैछु जातिकाे लागि गरिरहेकाे छु। यसमा जनताकाे सहयाेग पनि आवश्यक छ भने। तिनले आगमी लाेकसभा चुनाउकाे प्रसङ्ग झिक्दै भने मैले विस्थापित जीवन बिताएर आउँदा कलकत्ताबाट नै भनेकाे थिए २०२४ मा जसले गाेर्खाल्याण्डकाे मुद्धालाई सहयाेग गर्छ उसैलाई सहयाेग गर्छाै भनि सकेका छाैं। यसमा हाम्राे अडान स्पष्ट छ भने। तिनले हामी कसैलाई विजय बनाउन सक्छाैं भने पराजित पनि गर्न सक्छाैं भनी लाखेस पनि गरे।

About Author

Advertisement