अनिरुद्ध थापाको अनुबन्ध बढ़ायो चेन्नईयन एफसीले

IMG-20220520-WA0162.jpg

२० मईः दुईपल्टका इण्डियन सुपर लीग (आईएसएल) च्याम्पियन चेन्नईयन एफसीले भारतीय मीडफिल्डर अनिरुद्ध थापाको अनुबन्ध दुई सालको निम्ति बढ़ायो। यस अनुबन्धपछि २४ वर्षीय थापा २०२४-सम्म क्लबमा सामेल रहनेछन्। उनी २०१६-देखि चेन्नईयन एफसीमा रहेका छन्। चेन्नईयन एफसीमा सामेल भएपछि देहरादूनमा जन्मिएका यस खेलाड़ीले भारतीय फूटबल टीममा पनि नियमित रूपले खेलिरहेका छन्। उनले चेन्नईयन एफसीको सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनी दुईपल्ट आईएसएल फाइनल खेल्ने टीमका हिस्सा रहे अनि २०१७-१८-मा उनको उपस्थितिमा चेन्नईयन एफसीको टीमले आईएसएल खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement