वेतन पाएर राहतको श्वाश फेऱ्यो श्रमिकहरुले

IMG-20220520-WA0161.jpg

कालचिनी। बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको राईमाटाङ र कालचिनीका श्रमिकहरुले आज अन्ततः एक पाक्षिक वेतन पाएकोमा अलिकति ढुक्क महशुस गरेता पनि फेरि अब फेरि भोलि पाउने अर्को दोस्रो पाक्षिक वेतन कहिले पाउने भन्ने कुरामा अनिश्चितता व्यक्त गरेका छन‌।
गत शनिबारको पाउने श्रमिकहरुको पाक्षिक वेतन नदिएकोले कालचिनी र राईमाटाङ चियाबारीका श्रमिकहरुले गत मङ्गलाबारको दिनदेखि कमान कार्यालय घेराउ गर्दै आईरहेको थियो भने कुनै प्रकारको आश्वासन नपाउँदा बिहीबार श्रमिकहरुले कालचिनी बीडीओ कार्यालय ‌परिसरमा पुगेर गुहार लगाएका थिए।
अन्ततः श्रमिकहरुको भोको आवाजले गर्दा आज कालचिनी र राईमाटाङ दुवै चियाबारीमा एक पाक्षिक वेतन दिएको छ।
यता वेतन पाएर श्रमिकहरुले बल्ल वेतन पाएकोले अब पसलेको बाँकी तिर्न मदत पुग्ने तर फेरि अर्को पाक्षिक वेतन पनि यसरी नै दिन ढिल्याई गर्दैन भन्ने कुनै ग्यारन्टी नरहेको जनाएका छन।

यता कालचिनी चियाबारीको श्रमिक नेता गणेश लामाले कमानमा धेरै समस्या रहेको बताउँदै अहिले पनि कमानको फ्याक्ट्री चालू नगरेर मालिकपक्षले काँचो पत्ती बाहिर बिक्री गरिरहेको र श्रमिकहरुको सुखा पाक्षिक वेतन दिनलाई हम्मे परेको र अब फेरि अर्को पाक्षिक वेतनको समय पनि पुगेको र यसमा पनि यस्तै ढिल्याई गरे अब श्रमिकहरु सड़कमा ओर्लिएर आन्दोलन गर्न बाध्य हुने आशङ्का व्यक्त गरेका छन‌।
यता कालचिनी चियाबारीको श्रमिकहरुले पुरा वेतनमा प्रायः १३० रुपियाँ नपाएको र यसको हिसाब मिलाएर दिने आश्वासन दिएको जनाएका छन।

About Author

Advertisement