बुद्ध गयामा १३औँ म्हाणी दुङसुरको समापन

117e2831-61be-4063-9221-08c92bcb4198

कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको आयोजनामा गत ३१ जनवरीदेखि पवित्र बौद्ध तिर्थ स्थल बुद्ध गयामा १३औँ म्हाणी दुङसुर पूजा आरम्भ भएको थियो भने ५ दिनव्यापी उक्त म्हाणी दुङसुरको समापन आइतवार अपरान्ह समय भएको सो संघको महासचिव आचार्य साङ्गे छोफेलले दिएका छन्।
वर्षेनी अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको आयोजनामा सम्पन्न हुँदै आइरहेको म्हाणी दुङसुर पूजाले यसपाली १३ वर्ष टेकेको छ भने दुङसुर पूजामा सिक्किम, असम, मनीपुर, नागाल्यान्ड, दार्जीलिङ, कालेबुङ,खरसाङ लगायत डुवर्सको विभिन्न शाखाहरूबाट बौद्ध श्रद्धालुहरू सहभागी भएको आचार्य साङ्गे छोफेलले थप जनाएका छन्। आगामी दिनमा अझै वृहत रुपमा उक्त म्हाणी दुङसुर पूजाको आयोजना हुने तिनले थप जनाएका छन्।

About Author

Advertisement