गोजमुमो अध्यक्ष बिमल गुरुङद्वारा मिरिकको विभिन्न स्थानहरूको भ्रमण

IMG-20240205-WA0182.jpg

कुर्सीभन्दा ठूलाे मेराे लागि जाति ठूलाे हो: विमल गुरूङ

मिरिक: गाेर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष बिमल गुरूङले साेमबार साैरेनी समष्टिकाे साैरेनी बेसी, ढाँड गाउँ, बामराङ बस्ती, मन्जुश्री पार्क आदिकाे स्थलगत भ्रमण गरी स्थानीय मानिसहरूकाे अभाव र समस्या बुझेका छन्। भ्रमणकाे अवधि गुरूङले स्थानीय मानिसहरूसित भलाकुसारी गर्दै समस्या र अभावकाे जानकारी लिए। यस अवसरमा गाेजमुमाे मिरिक महकुमा अध्यक्ष रूपेस राई, महासचिव पूर्णसिहं राई, गाेजमुमाे नेताहरू विजय लेप्चा, पुजन तामाङ, युवा माेर्चा मिरिक अध्यक्ष याेगेस गाेले, मिरिक पन्चायत समिति सदस्य मन्दीप तामाङ, पन्चायत सदस्य यालम्बर राई आदि पनि उपस्थित थिए। भ्रमणकाे अवधिमा गुरूङले संचार माध्यमसित कुराे गर्दै आफू व्यक्तिकाे लागि हाेइन जातिकाे लागि अघिबडी रहेकाे दाबी गर्दै कुर्सीभन्दा ठूलाे मेराे लागि जाति ठूलाे हाे भने। तिनले हाल हामीले चुनाउबारे केही साेचेका छैनाैं।जनतासित भेट गरिरहेका छाैं।अभाव र समस्या बुझिरहेका छाैं।

बिमल गुरूङ गाेर्खाकाे अभिभावक भएकाे नाताले कुनै पनि चुनाउबारे निर्णय लिन परे जनता र जातिकाे हितमा लिनेछाैं। यद्यपि पार्टीकाे चुनाउबारे कुनै सभा भएकाे छैन। पार्टीकाेे सभापछि नै सबै थाेक स्पष्ट हुनेछ भने। तिनले पहाडमा व्यापक भष्टचार भएकाे अभियाेग लगाउँदै हर घर जल परियाेजना मार्फत पानीकाे पाइप र नल लगाउने काम भएकाे छ। तर पानी कुदेकाे छैन। याे कार्य चुनाउलाई केन्द्र गरेर मात्रै भएकाे हाे कि भन्ने शंका छ भने।

About Author

Advertisement