आफ्नै तीन महिने दुधे सन्तानको हत्या, माता-पिता पक्राउ

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः मुर्शिदाबादको डोमकलमा माता-पितालाई आफ्नै तीन महिने सन्तानको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। माता-पिताको पहिचान रिन्टु शेख र बेलुरा बिबीको रूपमा गरिएको छ। सोमवार पुलिसले बतायो, रिन्टु केरलमा मजदुरको काम गर्छ। उ हालैमा घर फर्किएको थियो, किनभने उसको तेस्रो पटक पनि छोरी जन्मिएको थियो। गए आइतवार नानीको शव फेला परेपछि दुवै सन्देहको घेराभित्र परेका थिए। त्यसपछि नानीका हजुरबा दबीर शेखले नै यस सम्बन्धमा पुलिसमा सिकायत दर्ता गराए अनि उनले आफ्ना छोरा-बुहारीमाथि हत्याको आरोप लगाए। दुवैलाई हिरासतमा लिएर जाँचबुझ गर्दा दुवैले हत्या गरेको कुरा स्वीकार गरे। द्वयले बताए, तेस्रो सन्तान पनि छोरी जन्मिएकोमा उनीहरू खुसी थिएनन्, यसैले उसको हत्या गरे।

पुलिसले बतायो, रिन्टुले नियमित रूपमा ड्रग्स सेवन गर्छ। उसलाई पहिला पनि चोरीको आरोपमा पक्राउ गरिएको थियो। डोमकलका उपविभागीय पुलिस अधिकारी शुभम बजाजले भने, मामिला दर्ता गरिएको छ। पोस्टमर्टको रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुनेछ।

-हिस

About Author

Advertisement