गोरामुमो कालेबुङ २६ नम्बर समष्टि अन्तर्गत लोवर योगदामा शाखा समिति गठन

IMG-20240205-WA0185.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङले आफ्नो सांगठनिक विस्तारलाई तीब्रता दिइने कार्यलाई जारी राखेका छन्। यसै क्रममा २६ नम्बर समष्टि अन्तर्गत लोवर योगदामा शाखा समिति गठन भएको जानकारी प्राप्त भएको छ। संगठनलाई विस्तार गर्न हेतु लोवर योगदामा एक सभाको आयोजना गरि शाखा समिति गठन गर्नु पर्ने जरुरी रहेको सभामा प्रस्ताव पारित गर्‍यो। गोरामुमो केन्द्रीय समिति सदस्य मणिकुमार खवासको प्रमुख उपस्थितिमा टिकाराम राईको अध्यक्षतामा सम्पन्न भएको सभामा समष्टि प्रतिनिधिबर्ग उपस्थित रहेका थिए। सभामा लोवर योगदा शाखा समितिको अध्यक्ष पदको निम्ति टिकाराम राई अनि उपाध्यक्षमा वाङडुप लेप्चालाई सर्वसम्मतिले चयन गरियो। सचिवमा हर्कबहादुर राई अनि उपसचिवमा रबि राईलाई चयन गरियो। यसै गरी कोषाध्यक्षमा नामग्याल लेप्चा अनि सुकधन राईलाई चयन गर्दै ११ जना कार्यकारिणी सदस्यहरु चयन गरियो। नवगठित शाखा समितिका प्रतिनिधिवर्गलाई मणिकुमार खवासले बधाई अनि शुभकामना व्यक्त गर्दै भने, २००७ देखि गोर्खाहरुको भाग्यलाई लथालिङ्ग बनाउने नेताहरु जन्मेको कारणले आज गोर्खाले दुख कष्ट भोग्नु परेको छ। गोरामुमोको प्रयासमा जाति र माटोलाई न्याय दिने कार्य भएको हो तर षड्यन्त्रकारीहरुले तपाईं हाम्रो भाग्य बिगार्ने कार्य गर्‍यो। गोरामुमो संग मुद्दा छ जाति हितको निम्ति संघर्ष जारी छ यसको निम्ति पार्टी अध्यक्ष मन घिसिङ लागि परेका छन्। उनको हातलाई बलियो बनाउनको निम्ति हामीले संगठनलाई बलियो बनाउने कार्यमा लागि परेका छौं शाखा प्रशाखा विस्तार कार्य चुनावको निम्ति गरिएको होइन भनी मणिकुमार खवासले सभालाई जानकारी गराएका छन्।

About Author

Advertisement