चोरी गरिएको टाटा सुमोसँगै एकजना पक्राउ

Untitled-1-1024x576.jpg

सिलगढी। सिलगढी मेट्रोपोलिटन अन्तर्गत पर्ने मतिगढा थानाको पुलिसबलले १ महिनाअघि चोरी गरिएको टाटा सुमो उद्धार गर्नको साथै १ जनालाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीलाई सोमबार सिलगढी अदालतमा पेश गरिएको थियो।पक्रा परेका आरोपीको नाम राजा शर्मा बताइएको छ। प्राप्त जानकारी अनुसार प्रणय प्रकाश देवानको टाटा सुमो चालक तेज बहादुर गुरूङको घरबाट गत ८ जनवरी राति टाटा सुमो चोरी भएको थियो। यसपछि गत ९ जनवरीमा प्रणय प्रकाश देवानले मतिगढा थानामा लिखित अभियोग दर्ता गरेको थियो। गत राति सिलगढी मेट्रोपोलिटन पुलिसले सुरक्षाको दृष्टिकोणले मेडिकल आउटपोस्ट अन्तर्गत चटहाट नजिक नाका चेकिङ गरिरहेको थियो। यस अवधि पुलिसलाई एउटा टाटा सुमो देखेर सन्देह लागेपछि यसको कागजपत्र जाँच गर्दा टाटा सुमो चोरी गरेर रामगञ्जमा बिक्री गर्नको लागि लगिरहेको थाहा पाए। यसपछि पुलिसले टाटा सुमोलाई आफ्नो नियन्त्रणमा लिनको साथै चालकलाई पनि पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *