सामाजिक कार्यकर्ता सुनन्दन दे राष्ट्रिय प्रेरणादुत पुरस्कारले सम्मानित

Screenshot_20240205_162425_YouTube.jpg

सिलगढी। समाजको विभिन्न स्तरमा स्वयंसेवकको रुपमा सामाजिक सेवा कार्य गर्दै आईरहेको सिलगढीका सुनन्दन देलाई राष्ट्रिय प्रेरणा दूत पुरस्कार प्रदान गरिएको छ। गत ३ फरवरीको दिन बिहारको छपरामा सम्पन्न राष्ट्रिय प्रेरणा दूत पुरस्कार २०२३-२४ को आयोजना गरिएको थियो। सो अवसरमा पश्चिम बंगाल, गुजरात, केरला, बिहार, उत्तर प्रदेश सहित २२ राज्यले अंशग्रहण गरेको थियो। समाजको विभिन्न स्तरमा समाजिक सेवा कार्य जस्तै वृक्षारोपण, स्वैच्छिक रक्तदान, वस्त्र वितरण, शारीरिक अनि मानसिक रूपले दिव्याङ्गहरूलाई लिएर काम गर्ने, स्वच्छ भारत अभियान, नदीको सफाई, बेटी बचाओ बेटी पढ़ाओं लगायत अन्य थुप्रै क्षेत्रमा योगदान पुऱ्याउने व्याक्तिहरूलाई राष्ट्रिय प्रेरणा दूत पुरस्कार प्रदान गरिएको थियो भने यसै क्रममा। सिलगढी निवासी सुनन्दन दे-लाई पनि उक्त पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो। समाजसेवी सुनन्दन दे सिलगढी सूर्यसेन महाविद्यालयका एनएनएस युनिट-२ को एकजना स्वयंसेवक हुन्। समाजको विभिन्न क्षेत्रमा पुऱ्याएको योगदानका लागि तिनलाई राष्ट्रिय प्रेरणा दूत पुरस्कारले सम्मानित गरिएको बताइएको छ। तिनी आज बिहान सिलगढी आइपुग्न साथ तिनलाई भव्य स्वागत जनाइयो। सुनन्दन दे-ले उक्त पुरस्कार पाएकोमा तिनका परिवार लगायत सिलगढीवासी धेरै खुशी छन्।

About Author

Advertisement