संगीतको संसारमा यो क्षण भारतको लागि गर्वको क्षण बनेको छl भारतीय संगीतका दुई शिखर पुरुष तवला वादक उस्ताद जाकिर हुसेन र शंकर महादेवनलगायत चारजना ग्रामी अवार्ड २०२४ द्वारा सम्मानित भएका छन्l दुवै जना अनि उनीहरूका फ्युजन ब्याण्ड ‘शक्ति’को एल्बम ‘दिस मोमेन्ट’ले विश्वकै चर्चित पुरस्कार ‘ग्रामी अवार्ड जितेको छl यी भारतीय संगीतकारद्वयले ग्रामी अवार्ड ग्लोबल म्युजिक एल्बम र ग्लोबल म्युजिक परफर्मेन्स दुवै विधामा जितेका हुन्। ग्रामीले ‘एक्स’ मा यी भारतीय संगीतकारहरू झलक साझा गरेको छ, जसले देशका प्रत्येक नागरिकलाई गौरवान्वित बनाएका छन्। विश्वको सबैभन्दा ठूलो म्युजिक अवार्ड मध्येको ग्रामी अवार्ड आइतबार राति साढे आठ बजे (भारतीय समय अनुसार साढे बजे) शुरु भएको थियोl यसको प्रत्यक्ष कार्यक्रमको झलक सामाजिक सञ्जालमा पनि देखियो। जोन म्याकलफ्लिन, जाकिर हुसेन, शंकर महादेवन, भी. सेल्वागणेश र गणेश राजगोपालनद्वारा रचना गरिएको ‘शक्ति’लाई यस पलको लागि ग्रामी पुरस्कार प्रदान गरिएको हो।
यो अवार्ड ग्रहण गर्दै शंकर महादेवनले भने, ‘भगवान, परिवार, साथीहरू र भारतलाई धन्यवाद…हामी देशको लागि गर्व गर्छौं। अन्त्यमा, म यो पुरस्कार मेरी श्रीमतीलाई समर्पित गर्न चाहन्छु, जसको लागि गीतको प्रत्येक नोट समर्पित छ। तिमीलाई प्रेम गर्छु।’ गायक शंकर महादेवन र जाकिर हुसेनसहित देशका चार संगीतकारले ग्रामी अवार्ड जितेका छन्। ग्रामी अवार्ड २०२४ मा भारतका चार उत्कृष्ट संगीतकारले ‘शक्ति’ एल्बमका लागि ग्रामी अवार्डको सम्मान प्राप्त गरे। यी चार कलाकारहरुमा शंकर महादेवन, सेल्वागणेश विनायकराम, गणेश राजगोपालन, जाकिर हुसेन रहेका छन् ।उस्ताद जाकिर हुसेनले उत्कृष्ट बाँसुरी वादक राकेश चौरसियासँगै दोस्रो ग्रामी जितेका छन्। उनीहरूलाई सामाजिक सञ्जालमा मानिसहरुले निरन्तर बधाई दिइरहेका छन्। यस वर्ष ग्रामी अवार्ड जित्नेमा माइली साइरस, डोजा क्याट, डुआ लिपा, बिली इलिश, ओलिभिया रोड्रिगो र टेलर स्विफ्ट जस्ता स्टारहरू परेका छन्।










