नक्सलबारी: नक्सलबारीको भारत-नेपाल सिमानाबाट पाँचवटा गाई-गोरू सहित एकजना युवकलाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेपछि आज आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो। सीमा पार गरिरहेको समय एसएसबीका जवानहरूले गाई-गोरू सहित युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकको नाम करण कुमार तामाङ बताइएको छ। तिनी नक्सलबारीको किलारामजोत निवासी हुन्। एसएसबी ८ौ बटालियनको नयाँबस्तीका जवानहरूले सिमानाबाट गाई-गोरू पार गरिरहेको समय उक्त युवकलाई पक्राउ गरेपछि नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ।










