सिलगढीको विभिन्न माध्यमिक परीक्षा केन्द्रहरूको रामानुज गङ्गोपाध्यायले गरे निरीक्षण

IMG-20240205-WA0150.jpg

सिलगढी: माध्यमिक पर्षद्का अध्यक्ष रामानुज गङ्गोपाध्यायले सिलगढीको विभिन माध्यमिक परिक्षा केन्द्रको निरीक्षण गरे। आज सिलगढीको कृष्णमाया मेमोरियल नेपाली हायर सेकेन्डरी स्कुल, रामकृष्ण स्कुल, सारदामणि विद्यापीठ र नीलनलिनी विद्यालयको परीक्षा केन्द्रहरूको निरीक्षण गर्नको साथै परीक्षा दिने विद्यार्थीहरूसित पनि कुराकानी गरे। यस अवधि तिनले परीक्षा राम्रोसित सम्पन्न भइरहेको छ अथवा छैन भन्ने विषयमा जानकारी लिए। अर्कोतिर, माध्यमिक परीक्षा शुरू हुनसाथ केही ठाउँहररूमा सोशल मिडियामा प्रश्न पत्रहरू देखापरेको छ। उक्त घटनाको जाँचपछि केही विद्यार्थीहरूको परीक्षा रद्द गरिदिएको छ। उक्त घटनालाई लिएर विद्यार्थीहरू कुनै प्रकारको बहकावमा नआउने मध्य शिक्षा परिषदका अध्यक्षले अपील गरे‌।

About Author

Advertisement