एउटा दोकानमा आगलागी हुँदा लाखौँ रुपियाको क्षति

AAG.jpg

सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत नागरी फार्म चियाबारी स्कुल गाउँ निवासी प्रेमकुमार थापाको दोकानमा आगलागी हुँदा दोकानमा रहेको सम्पूर्ण सामग्रीहरू जलेर खरानी भएको छ। गत राति लगभग १२ बजेर ३० मिनटमा छिमेकीले आगलागी भएको थाहा पाएपछि उक्त घरका परिवारहरूलाई उठाउनको साथै आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरे।यस आगलागीमा दोकान जलेर खरानी भए तापनि तिनको घर आगलागीबाट सुरक्षित रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement