पीसीबी-को अदूरदर्शिताले गर्दा कोही काम गर्न चाहँदैनन्ः मिस्बाह

IMG-20240204-WA0082.jpg

कराची, ४ फरवरीः पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हकको भनाइअनुसार, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-मा अनिश्चितता र अदूरदर्शिताले गर्दा विदेशी मात्र नभएर स्थानीय प्रशिक्षकहरू पनि देशको क्रिकेट बोर्डसँग काम गर्न चाहँदैनन्। मिस्बाहले ३०१९-देखि २०२१-बीच पाकिस्तान क्रिकेट टीमका मुख्य प्रशिक्षक अनि मुख्य चयनकर्ताको रूपमा पनि काम गरेका थिए। उनले पाकिस्तान क्रिकेटमा खेलाड़ीहरू अनि प्रशिक्षकहरूलाई एक या दुई सीरीजको आधारमा या फेरि बोर्डको शीर्ष प्रबन्धनमा बद्लाउले गर्दा बर्खास्त गरिने चलनमाथि पनि निराशा व्यक्त गरे। सिन्ध प्रान्तको एउटा स्थानीय टुर्नामेण्टमा हैदराबाद फ्रेञ्चाइजीलाई प्रशिक्षण दिइरहेका मिस्बाहले भने, देशको क्रिकेट बोर्डको नीति हेरेर नै तपाईं बुझ्न सक्नु हुन्छ कि किन विदेशी प्रशिक्षक मात्र नभएर हाम्रा स्थानीय प्रशिक्षकहरू पनि पीसीबी-सँग काम गर्न चाहँदैनन्।
मिस्बाहले भने, पाकिस्तान क्रिकेटलाई यति अव्यवस्थित तरिकाले चलाउनु हुँदैन। हामीले टीम म्यानेजमेण्ट, चयनकर्ताहरू र खेलाड़ीहरू तयार गर्न दीर्घकालिक योजनाहरू बनाउनु पर्नेछ। तातो पिड़ालु खाए जस्तो काम गरेर कुनै फाइदा हुनेछैन। दुर्भाग्यले पाकिस्तानमा बोर्ड नेतृत्वमा लगातार बद्लाउले यस्तो केही हुन सकेको छैन। बोर्डमा के चलिरहेको छ भन्ने विषयमा खेलाड़ीहरू आवश्वस्त रहनु जरूरी छ। यस्तो नभए उनीहरूले सुरक्षित अनुभव गर्ने छैनन् अनि आफूलाई टीममा स्थापित गर्न सक्नेछैनन्। मेरो विचारमा दीर्घकालिक योजनाको साथ प्रशिक्षक र खेलाड़ीहरूलाई पर्याप्त समय दिनु पर्नेछ। यस्तो गरेर मात्र असल टीम बनाउन सकिन्छ।

About Author

Advertisement