एक अनुसन्धानमा बालबालिकालाई हकार्दा वा कुट्दा उनीहरुमा सुधार आउँदैन बरु झनै जिद्दी र क्रोधित हुने गरेको पाइएको छ। यति मात्र होइन, उनीहरुमा सानै उमेरमा डिप्रेशन र नकारात्मकता आउन थाल्छ अनि धेरै गलत कदम चाल्न थाल्छ। यसरी कुटपिट वा हकार्दा आफ्नो छोराछोरीलाई दुर्व्यवहार निको पार्न सकिन्छ भन्ने सोच्ने हो भने यो सोच गलत हो। हरेक आमाबाबुले आफ्नो छोराछोरी सक्षम बनेको हेर्न चाहन्छन् अनि उनीहरूको कुरा सुन्न चाहन्छन्। यस्तो अवस्थामा अभिभावकले यी कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ। बाबुआमाले आफ्ना छोराछोरीका लागि समय नदिए वा उनीहरुको समस्या सुनेनन् भने यस्ता छोराछोरीले आफ्ना अभिभावक वा अन्य व्यक्तिसँग दुर्व्यवहार गर्न थाल्छन् र जिद्दी बन्न थाल्छन्। त्यसैले टीभी र मोबाइल बन्द गर्नुपर्छ अनि छोराछोरीका लागि व्यक्तिगत समय दिनुपर्छ। यदि आफ्नो छोराछोरीको बानीसुधार्नु हो भने उनीहरुको राम्रो बानीलाई बुझ्नुपर्छ अनि उनीहरुको प्रशंसा गर्नुपर्छ। मानिसहरूको अगाडि पनि प्रशंसा गरे राम्रो हुनेछ। यसरी उनीहरूलाई राम्रो काम गर्न प्रेरणा मिल्नेछ र उसले आफ्नो नराम्रो बानी त्याग्न थाल्नेछ। बालबालिकाहरूलाई के गर्नु राम्रो अनि के नराम्रो हो भनेर सही समयमा बताउन बिर्सनु हुँदैन। यसरी उनीहरूले सही दिशा रोज्न सक्नेछन् र साहसका साथ त्यस दिशामा अगाडि बढ्न सक्छन्। बालबालिकालाई निष्क्रिय राख्नुको सट्टा रचनात्मक काममा लगाउने हो भने उनीहरुले नयाँ काम गर्ने प्रयास गर्ने गरेको अनुसन्धानले देखाएको छ। यसले उनीहरूको दिमाग सकारात्मक रहनेछ र उनीहरूले राम्रो व्यवहार गर्नेछन्।










