सन् २०४७ सम्म भारतलाई विकसित भारत बनाउने लक्ष्यका साथ बजेट प्रस्तुत गरिएको तिनको दाबी
जलपाइगढी। जलपाइगढी लोकसभा क्षेत्रका सांसद डा. जयन्त कुमार रायले आज निर्मला सीतारमणले पेश गरेको बजेटको प्रशंसा गरे। देशको स्वतन्त्रता शताब्दी वर्ष अर्थात २०४७ सम्ममा भारतलाई विकसित भारत बनाउने उद्देश्यले यसको रूपरेखा तयार गरिएको उनले बताए। जलपाइगढी लोकसभा क्षेत्रका सांसद डा. जयन्तकुमार रायले विगतको बजेटसँगै यस वर्ष २०४७ को लक्ष्य राखेर बजेट बनाएको तिनले जनाएका छन्। यसपालीको बजेटले विशेषगरी साधारण मानिस, महिला, युवा र किसानको विशेष ख्याल राखेको पनि तिनले थप जनाएका छन्।








