सिक्किम प्रिमियर लीग फुटवल प्रतियोगिता दोस्रो सत्र शुरू

IMG-20240203-WA0201.jpg

“फाइनलमा कप्तान सुनिल छेत्री उपस्थित रहने’

गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आजदेखि सिक्किम प्रिमियर लीग फुटवल प्रतियोगिता दोस्रो सत्र शुरू भएको छ। एक महिनाव्यापी यस लीगको उदघाटन राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गरे। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका थिए भने उनको साथमा मन्त्री सोनम लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस प्रतियोगितामा कूल आठवटा दलले सहभागिता जनाएका छन्। आजको पहिलो खेल सोरेङ एफसी बनाम आक्रमण एफसीबीच सम्पन्न भयो। मुख्यमन्त्रीले आफ्नो छोटो सम्बोधनमा यस प्रतियोगिताको फाइनल खेलमा इण्डियान फुटबलका कप्तान सुनिल छेत्रीको उपस्थिति रहने जानकारी गराए। आज उनले खेलाडी छेत्रीसँग फोन मार्फत धेरै लामो कुराकानी गरेको र यस प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री स्वंयले उनलाई निमन्त्रणा दिएको र उनले मुख्यमन्त्रीको निम्तोलाई स्वीकार गरेको पनि अवगत गराए।

उल्लेखनीय छ, पहिलो चरणको सिक्किम प्रिमियर लीगको अपार सफलतालाई ध्यानमा राख्दै दोस्रो चरणको प्रतियोगिता शुरू गर्ने एफडीपीएलले निर्णय लिएको हो। पहिलो चरणको खेलमा आक्रमण एफसी बिजयी बनेको थियो। यो खेल नाम्चीको भाइचुङ स्टेडियम र पाल्जर स्टेडियमा सम्पन्न हुने आयोजक समितिले जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *