बिहारमा बिक्री गरिएको नानी पुलिसको प्रयासमा सिलगढी फर्काइयो, आमाले गरिन् बिक्रीको  आरोप अस्वीकार

IMG-20240203-WA0105-copy

सिलगढी: सिलगढीबाट बिहारमा बेचिएको नानीलाई आज बिहान बिहारबाट सिलगढी ल्याइपुर्याइयोl यद्यपि नानीकी आमाले भने नानी बेचेको आरोप अस्वीकार गरेकी छन्। नानीलाई बिक्री गरेको नभएर आर्थिक अभावका कारण आफन्तलाई राख्न दिएको उनले बताएकी छिन्। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। बिहीबार राति एकजना  बाबुले ८५ रुपियाँमा सानो छोरा बेचेको उजुरी दायर गरिएको थियो। त्यसपछि पुलिसले  नानीका बाबुलाई पक्राउ गरेको थियो। बिक्रीमा संलग्न भएको आरोपमा एक दलाल पनि पक्राउ परेका छन्। शुक्रबार पक्राउ परेका दुवैलाई जलपाईगढी अदालतमा पेश गरियो। न्यु जलपाईगढी थानाबाट पुलिसको टोली शुक्रबार दिउँसो बिहार गएको थियो, र शनिबार नानीलाई लिएर सिलगढी फर्कियो। बच्चा अझै आमासँग रहेको छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *