युवा शक्तिद्वारा खरसाङ बजार सफाई अभियान शुरु

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको पहलमा खरसाङ बजार सर सफाई अभियान थालिएको छ। खरसाङ नगरपालिकाको आयोजनामा बजार सर सफाई लगातार रुपमा गरिरहेको तथा घर घर पुगेर सफाईकर्मीहरूले सिटी फुकेर सफाई अभियान गरिरहेको भएपनि मानिसहरूले मैला कुँचेलाहरू फ्ताँक्ने क्रम जारी राखेकोले आजदेखि खरसाङ बजार सर सफाई कार्यमा युवा शक्ति पनि लागिपरेका छन्। यसै क्रममा युवा शक्तिद्वारा खरसाङ नगरपालिका क्षेत्रमा सफाई अभियान थाल्दै ये कार्य वार्ड नम्बर सातको एनएच ५५ अन्तर्गत धोबीखोला क्षेत्रबाट थालिएको छ। धोबीखोला क्षेत्रमा रहेको मैला फ्याँक्ने कुड़ादानी आज युवा शक्तिद्वारा सर सफाई गरिएको छ भने यस्तो सर सफाई कार्य अब नगरपालिकाको सबै क्षेत्रहरूमा गरिने भएको छ। आजको सर सफाई अभियान कार्यमा भागोप्रमो केन्द्रीय सदस्य एंव खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, महकुमा सदस्य उत्तम प्रधान र खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवा, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ आदि उपस्थित रहेका थिए। यस सफाई अभियान विषयमा बोल्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement