दार्जीलिङ: सुकराज सुब्बाले समाए हाम्रो पार्टीको झण्डा। गत जीटीए सभाको चुनावमा कालेबुङ को ४२ नम्बर समष्टिबाट सुकराज सुब्बा निर्दलीय उम्मेद्वारको रूपमा चुनावी मैदानमा ओर्लिएका थिए। हाम्रो पार्टीको उम्मेद्वार पिटर लेप्चा पनि त्यही समष्टिबाट चुनावी मैदानमा ओर्लिएका थिए। चुनाव परिणाम जे जस्तो भए तापनि सुकराज सुब्बाले हाम्रो पार्टीको सोँच र विचारलाई अन्तरात्माबाट मन पराउँदै हाम्रो पार्टीमा स्वइच्छाले सामेल भएका छन्। पार्टी अध्यक्ष अजय एडवार्डसले सुकराज सुब्बालाई खदा लगाएर पार्टीमा स्वागत जनाए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस हिज मात्र कालेबुङ भ्रमणमा निस्केका छन्। यस अवधि कालेबुङमा पार्टी कार्यकर्ताहरूसँग भेटवार्ता गर्ने कार्यहरू गरेको छ। यसै अवधि अध्यक्ष अजय एडवार्डसले सुकराज सुब्बालाई खदा लगाएर पार्टीमा स्वागत जनाए। यसै सन्दर्भमा कालेबुङ ब्राञ्च वानको हाम्रो पार्टी उपाध्यक्ष पिटर लेप्चाले बताएअनुसार गत जीटीए सभाको चुनावमा आफु अनि सुकराज सुब्बा एउटै समष्टिमा चुनावी प्रतिद्वन्दी गरेका थियौ। सुकराज सुब्बा दाजु निर्दलीय उम्मेद्वारको रूपमा चुनावी मैदानमा खडा भएका थिए भने आफु हाम्रो पार्टीको उम्मेद्वार भएर चुनावी मैदानमा ओर्लिएका थिए। चुनावको समयमा हामी आ आफ्नै प्रकारले चुनाव लडेका थियौ।

आज आएर सुकराज सुब्बा दाजुले हाम्रो पार्टीको सोच र विचारलाई मनभित्रैबाट मन पराउँदै पार्टीमा सामेल हुने स्वइच्छा जताएपछि आज उनले हाम्रो पार्टीमा सामेल भएको छ उपाध्यक्ष लेप्चाले भने। तिनले अघि भने सुकराज सुब्बा दाजुले हाम्रो पार्टीसँग मिलेर आफ्नो क्षेत्रको एंव जातिको हितमा काम गर्ने इच्छा जताएपछि हामीले उनलाई पार्टीमा स्वागत जनाएका हौ उपाध्यक्ष लेप्चाले भने।यसै सन्दर्भमा सुकराज सुब्बाले गत जीटीए सभाको चुनावमा हामी एक अर्काको प्रतिद्वन्दीको रूपमा चुनावी मैदानमा ओर्लिएका थियौ। हामी दुई दाजु भाइ हौ अनि हामीले हाम्रो क्षेत्र,हाम्रो जिल्ला साथै हाम्रो समष्टिको हितमा केही राम्रा राम्रो कामहरू गर्न सकौ भन्ने सोच राखेर आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने सुकराज सुब्बाले बताए।










