करियरको पहिलो दोहोरो शतकको साथ एकाधिक रेकर्ड बनाए जयसवालले

IMG-20240203-WA0122.jpg

विशाखापट्टनम, ३ फरवरीः भारतका देब्रे हातका ओपनिंग ब्याटर यशस्वी जयसवालले आफ्नो टेस्ट करियरको पहिलो दोहोरो शतक बनाए। उनले शनिवार ईंग्ल्याण्ड विरुद्ध जारी दोस्रो टेस्टको दोस्रो दिन यस उपलब्धिलाई हासिल गरे। उनले २९० बल खेलेर १९ वटा चौका र ७ वटा छक्काको साथ २०९ रन बनाए। यसमा उनले पहिलो दिन नै १७९ रन बनाएका थिए। जयसवालले आज भारतको पहिलो ईनिंग्सको १०२औं ओभरमा शोएब बशीरको लगातार २ बलमा छक्का र चौका लगाएर आफ्नो दोहोरो शतक पूरा गरे। यस दोहोरो शतकको साथमा उनले केही रेकर्ड पनि बनाए। जयसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने तेस्रो सबैभन्दा युवा भारतीय ब्याटर बनेका छन्। उनले २२ साल ३७ दिनको उमेरमा यस उपलब्धिलाई हासिल गरे। यस सूचीको शीर्षमा बिनोद काम्बली छन्, जसले १९९३-मा २१ साल ३५ दिनको उमेरमा ईंग्ल्याण्ड विरुद्ध नै २२४ रन बनाएका थिए। त्यही साल उनले जिम्बाब्वे विरुद्ध पनि २२७ रन बनाएका थिए। त्यस समय उनको उमेर २१ साल ५५ दिन थियो। काम्बलीपछि महान सुनिल गावस्कर रहेका छन्, जसले १९७१-मा २१ साल २८३ दिनको उमेरमा वेष्ट इण्डिज विरुद्ध २२० रन बनाएका थिए।
यसरी जयसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने भारतका चौथो देब्रे हातका ब्याटर हुन्। यस सूचीमा पूर्व कप्तान सौरभ गांगुली (२००७-मा पाकिस्तान विरुद्ध २३९ रन, बेंगलुरु) शीर्षमा छन्। त्यसपछि विनोद काम्बली र गौतम गम्भीर (२००६-मा अष्ट्रेलिया विरुद्ध २०६ रन, दिल्ली) रहेका छन्। यशस्वीले जुलाई २००३-मा टेस्ट पदार्पण गरेका थिए। यसरी उनी सबैभन्दा कम्ती ईनिंग्समा पहिलो दोहोरो शतक लगाउने भारतीय खेलाड़ीहरूका सूचीमा छैटौं स्थानमा पुगेका छन्। उनले आफ्नो दशौं ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे। यस सूचीमा करुण नायर शीर्षमा छन्, जसले तेस्रो ईनिंग्समै दोहोरो शतक बनाएका थिए। त्यसपछि विनोद काम्बली (४), गावस्कर (६), मयंक अग्रवाल (८) र चेतेश्वर पुजारा रहेका छन्। जयसवाल विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-मा दोहोरो शतक बनाउने पाँचौं भारतीय हुन्। यसअघि मयंक (२१५), विराट कोहली (अविजित २५४), रोहित शर्मा (२१२) र मयंक(२४३)-ले डब्ल्यूटीसी-मा दोहोरो शतक बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *