फुलबारीको जोटियाकालीमा एटीएम लुट्ने प्रयास

IMG-20240203-WA0117.jpg

फुलबारी: फुलबारी संलग्न एउटा राष्ट्रियकृत ब्याङ्कको एटीएम लुट्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। पुलिसको तत्परताको कारण बदमाशहरू रुपियाँ लुटन असफल भए। यो घटना हिजो अबेर राति सिलगढी मेट्रोपोलिटनको न्यु जलपाईगढी थाना अन्तर्गत जोटियाकाली इलाकाको हो। प्राप्त जानकारी अनुसार रात लगभग एक बजी जोटियाकाली इलाकामा पुलिसले गश्ती लगाइरहेको समय इलाकाको एउटा एटीएम काउन्टरअघि केही युवकहरूलाई देखे। ती युवकहरूले ग्यास कटरको सहयोगमा एटीएम काउन्टर काट्ने प्रयास गरिरहेको थियो। पुलिसलाई देख्नसाथ ती युवकहरूले ग्यास कटर, सिलेन्डर लगायत केही समान छोडेर त्यहाँबाट सुइँकुच्चा ठोके।

यसपछि पुलिसले तिनीहरूको पछि गरे तापनि पक्रिन नसकेको बताइएको छ। न्यु जलपाईगढी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *