राज्यका पञ्चायतहरूले दिए मुख्यमन्त्री तामाङलाई धन्यवाद

IMG-20240202-WA0260.jpg

सिक्किम सरकारले ऐतिहासिक पञ्चयात सम्मेलन आयोजना गऱ्योः तेञ्जिङ लाम्टा

गान्तोक: राज्यमा गत २३-२५ जनवरीको दिन आयोजित तीन दिवसीय राज्यस्तरीय पञ्चायत सम्मेलन आयोजना गरेकोमा एसकेएम पञ्चायत प्रकोष्ठले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरेको छ।

आज राजधानीस्थित चानमारीको एक होटलमा पञ्चायत प्रकोष्ठको पहलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसकेएम पञ्चायत प्रकोष्ठका उपाध्यक्ष तेञ्जिङ नर्बु लाम्टाले राज्यभरिका पञ्चायतहरूको पक्षबाट मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन्।

विशेष गरेर तीन दिवसीय पञ्चायत सम्मेलनमा राज्यभरिका पञ्चायतहरूले आफ्नो समस्या र गुनासो मुख्यमन्त्रीसमक्ष विसाउन पाएकोमा सबैले खुशी प्रकट गरेको पनि लाम्ठाले जानकारी गराए। उक्त सम्मेलनमा पञ्चायत, जिल्ला पञ्चायतका सदस्यहरूद्वारा राखिएको सबै माग मुख्यमन्त्रीले पुरा गर्ने बचन दिएको र एक हप्ता पनि नबित्दै गत ३१ जनवरीको दिन राज्य सरकारको तर्फबाट एक नोटिफिकेसन जारी गरेको अवगत गराए।

उक्त नोटिफिकेसनमा सबै पञ्चायत, जिल्ला पञ्चायत, पार्षदगण, मेयर र उपमेयरको मासिक अनारियममा दोब्बर वृद्दि गरेकोमा खुशी प्रकट गरेका छन्। वर्तमान सरकारले पञ्चायतराजलाई जरादेखि नै मजबुत बनाउने उद्देश्यले पार्टीलेस चुनाउ गराएको बताए। यसरी सरकारले पञ्चायतहरूलाई विभिन्नरूपमा मजबुत बनाउने उद्देश्यले उनीहरूको सबै माग पुरा गरिदिएको अवगत गराए। पञ्चयातहरूलाई विभिन्नरूपमा सक्षम बनाउनको निम्ति सरकारले प्रत्येक जिल्ला पञ्चायत, वार्ड पञ्चायत र नगर पञ्चायतहरूलाई पनि अधिकार दिँदै अब प्रत्येक वार्डमा ८ वटासम्म घर बनिने कुरा उनले जानकारी गराए। अब राज्यका सबै पञ्चायत सदस्यहरूले मन लगाएर गाउँमा काम गर्न सक्ने पनि उनले विश्वास व्यक्त गरेका छन्।

यसै क्रममा गेजिङ जिल्लाका जिल्ला पञ्चायत डीएस लिम्बूले पूर्व सरकारले २५ वर्षसम्म पनि पञ्चायतहरूको निम्ति यति धेरै काम गर्न नसकेको दावी गरे। तर वर्तमान सरकारले सरकार गठन भएको पाँच वर्ष पनि वित्न नपाउँदै पञ्चायतहरूको निम्ति यति धेरै काम गरिदिएकोमा उनले हार्दिक धन्यवाद दिएका छन्।

यस भन्दा अघिका पञ्चायतहरूले कसैको घर प्रकृतिक प्रकोपले क्षति पुगेको खण्डमा एउटा प्लास्टिक पनि बाँडन सक्ने क्षमता थिएन। तर अबउसो पञ्चायतहरूले धेरै कुरा वितरण गर्न सक्ने सरकारले छुट दिएको जानकारी गराए। पूर्व सरकारले लामो समयसम्म पनि तीन दिवसीय पञ्चायत सम्मेलन आयोजना गर्न नसकेको किटान गरे।

सोही क्रममा पाकिम जिल्लाकी जिल्ला उपाध्यक्ष प्रभा प्रधानले पहिला एक दिनको पञ्चायत सम्मेलन हुने गरेको तर त्यसमा पनि पञ्चायतहरूले आफ्नो कुरा राख्न पाउँदैनन् थिए, तर यसपाली तीन दिवसीय पञ्चायत सम्मेलनमा सबै सदस्यहरूले आफ्नो मनको कुरा साथै गुनासो र समस्या मुख्यमन्त्रीसमक्ष राख्न पाएको जानकारी गराइन्।

यस अवसरमा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलाराम अधिकारी, मंगन जिल्लाका जिल्ला अध्यक्ष कादो छिरिङ लेप्चा, सोरेङ जिल्लाकी जिल्ला अध्यक्ष तिला गुरूङ लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *