गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा गेजिङ जिल्लाका नोडल अधिकारीहरूलाई लिएर जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा एक समीक्षा सभा सम्पन्न भयो।
सभालाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले विभिन्न नोडल अधिकारीहरूलाई उनीहरूको भूमिका र जिम्मेवारीहरूको बारेमा जानकारी गराए। नोडल अधिकारीहरूले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे।
यसरी नै सेक्टर म्याजिस्ट्रेट र सेक्टर प्रहरी अधिकारीहरूका लागि ब्याच-वार तालिमको एक राउन्ड यस अघि नै सञ्चालन भइसकेको र उनीहरूले पुस्तिकामा दिइएका दिशानिर्देशहरूलाई निरन्तरता दिँदै आफ्नो कार्यमा सक्रिय रहनुपर्ने सुझाउ दिए। गेजिङ जिल्लाका पोलिङ अधिकारीहरुलाई लिएर शीघ्र दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताए।
जिल्लापालले सम्बन्धित अधिकारीहरूसँग व्यक्तिगत रूपमा उनीहरूको कर्तव्यको बारेमा जानकारी हासिल गरे। उनले प्रशासनलाई सुचारु रूपमा सञ्चालन गर्न सबै विभागका अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गरेको खण्डमा फलदायी परिणाम हासिल गर्न सक्ने कुरामा जोड दिए।