मणिपुरको कांगपोकपी जिल्लाबाट हतियार अनि गोला-बारूद जफत

Arms_20240202.jpg

इम्फाल: मणिपुरमा निरन्तर रूपमा हतियार अनि गोला-बारूदहरू भेटिरहेको छ। यसै क्रममा मणिपुर पुलिस तथा असम राइफल्सद्वारा चलाइएको अभियानमा भारी मात्रामा हतियार एवं गोला-बारूद जफत गरिएको छ।

मणिपुर पुलिसद्वारा आज जानकारी गराए अनुसार सुरक्षा बलहरूद्वारा पहाड़ी अनि उपत्याका दुवै जिल्लाहरूको सीमान्त एवं संवेदनशील क्षेत्रहरूमा खोजी अभियान चलाइयो। अभियान अवधि कांगपोकपी जिल्लाबाट म्यागजिनसितै एउटा ७.६२ मिमी एके-५६ राइफल, दुईवटा १२ इञ्च सिंगल बोर ब्यारल राइफल र दशवटा ७.६२ मिमी लाइभ राउण्ड भेटियो।

उपत्याका तथा भारत-म्यान्मार सीमास्थित विभिन्न जिल्लाहरूमा सुरक्षा बलको गहन छापामारी अभियान भइरहेको छ। मणिपुरमा जसरी निरन्तर हतियारहरूको भण्डार भेटिँदैछ त्यो सुरक्षा बलहरूको लागि ठूलो चिन्ताको विषय भएको छ।

उल्लेखनीय छ, हालैमा असम राइफल्सका महानिदेशकले एक बयानमा भनेका थिए, मणिपुरको घर-घरमा हतियारहरूको भण्डार छ जुन अत्यन्त चिन्ताको विषय हो। सुरक्षा बलहरूले निरन्तर अभियान चलाइरहेको भए पनि हिंसाले रोकिने नाम लिएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *