बंगाल बजेट: ६ फरवरी विधानसभामा पेश हुनेछ राज्य बजेट

18_07_2023-bengal_assembly_session_23474814.jpeg

काेलकाता: केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले बिहीवार देशको अन्तरिम बजेट संसदमा पेश गरिसकेकी छन्। अब बंगाल विधानसभामा राज्यको बजेट पेश गर्ने तयारी पूर्ण भइसकेको छ।

राज्य सचिवालयका एकजना अधिकारीले शुक्रवार बताए, आगामी ५ फरवरी अर्थात सोमवारदेखि बजेट सत्र शुरू भइरहेको छ। राज्यपाल डा. सीवी आनन्द बोसको अभिभाषणसितै सत्रको शुरूआत हुनेछ। यसको लागि विधानसभा सचिवालयको तर्फबाट राज्यपाललाई आमन्त्रण पठाइएको छ।

आज शुक्रवार सर्वदलीय बैठक हुनेछ। आगामी ६ फरवरीमा राज्य विधानसभामा बजेट पेश गरिनेछ। वित्तमन्त्री चन्द्रिमा भट्टाचार्यले यो बजेट पेश गर्नेछन्। यसमा विशेष महिला, किसान एवं युवाहरूको लागि आवन्टनको प्रावधान सुनिश्चित गरिँदैछ। बजेट पेश हुने दिन मुख्यमन्त्री ममता ब्यनर्जी सदनमा उपस्थित रहन सक्नेछन्। यद्पयि आगामी ६ फरवरी अर्थात मङ्गलवार जुन दिन बजेट पेश भइरहेको छ त्यै दिन उनी दिल्ली पनि जानेछन्। यसैले पहिलो सत्रमा उपस्थित भएपछि दोस्रो सत्रमा उनी दिल्ला प्रस्थान हुन सक्नेछन्।

About Author

Advertisement