देशी पेस्तोल सहित दुईजना पक्राउ

IMG-20240202-WA0179.jpg

सिलगढी। पुलिस र एसओजीको टोलीले तस्करी अघि नै बन्दुक बरामद गरी तस्करीको घटनालाई असफल बनाएको छ भने दुई तस्करलाई पक्राउ गरेको छ। सानो कारमा देशी पेस्तोल लिएर असमबाट बिहारतर्फ जाँदै गरेको दुई युवा तस्करलाई पक्राउ गरेको पुलिसले जनाएका छन्। यसैबीच, गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा, न्यूजलपाइगढी पुलिस स्टेशनले बिहीबार राति फुलबारी टोलगेट क्षेत्रमा नाकाबन्दी लगाएको थियो जहाँ एउटा अल्टो कारलाई रोकेर जाँच गर्दा पुलिसले एक युवकको प्यान्टमा लुकाएर राखेको देशी पेस्तोल बरामद गरेको थियो। उक्त पेस्तोल तस्करीका लागि असमबाट बिहार हुँदै बंगालतर्फ गइरहेको थियो जसलाई न्यूजलपाइगढी पुलिसको टोली र एसओजीले उनलाई रंगेहात पक्राउ गर्न सफल भएको थियो।

पक्राउ पर्नेमा असमको लक्ष्मीपुर निवासी जहीरुल इस्लाम(२५) र कुचबिहारको बक्सिरहाट क्षेत्रका प्रकाश साहा(२२) रहेका छन्। शुक्रबार पक्राउ परेकाहरुलाई ७ दिनको पुलिस रिमाण्डको निवेदनसहित जलपाइगढी अदालतमा पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *