आजदेखि माध्यमिक परीक्षा शुरू

IMG-20240202-WA0191.jpg

खरसाङ बजारको चारवटा केन्द्रहरूमा सबै ४७० जनाले दिए परीक्षा

खरसाङ: आजदेखि पहाड़मा माध्यमिक परीक्षा शुरु भएको छ। यसै क्रममा खरसाङमा पनि माध्यमिक परीक्षा शुरु भएको छ। यसपाली केही छिट्टो माध्यमिक परीक्षा शुरु भएकोले जाड़ोको मौसमलाई ध्यानमा राखेर माध्यमिक परीक्षा केन्द्रको प्रत्येक कोठामा हिटर जड़ान गरिएको छ। खरसाङ क्षेत्रमा यसपाली जम्मा १० वटा परीक्षा केन्द्रहरू रहेका छन् जसमा खरसाङ बजारमा मात्रै चारवटा केन्द्रहरू रहेको खरसाङको स्कूल सहायक निरीक्षक एंव खरसाङको माध्यमिक परीक्षाको ईन्चार्च रोशनी सार्कीले जानकारी दिएका छन्। उनले बताए अनुसार खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय यसपालीको मुख्य केन्द्र रहेको छ अनि खरसाङको चारवटा केन्द्रहरूमा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, सन्त अल्सफन्सेस उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक र रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय आदि रहेका छन्। उनले दिएको जानकारी अनुसार यसपाली खरसाङ बजार क्षेत्रबाट जम्मा ४७० जनाले माध्यमिक परीक्षा दिएका छन् जसमा केटाहरू २३७ र केटीहरू २३३ जना रहेका छन्। पहिलो दिनको परीक्षा दिनलाई सबैजना उपस्थित रहेको पनि उनले जानकारी गराइन्। यसमा सबैजना उपस्थित रहेका थिए। त्यसरी नै खरसाङको तीनधारे क्षेत्रमा चारवटा केन्द्रहरू रहेका छन् जसमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, मिठाईडाँड़ा कन्या उच्च विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय र सुकना उच्चत्तर माध्यमिक विद्यालय रहेका छन्। त्यसरी नै सिटोङमा दुईवटा केन्द्रहरू रहेका छन् जसमा लाटपञ्जार उच्चत्तर माध्यमिक विद्यालय र पञ्चावती उच्चत्तर माध्यमिक विद्यालय रहेका छन्।

त्यसरी नै माध्यमिक परीक्षा केन्द्र खरसाङकी सचिव एंव पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षक प्रभारी ललिता भण्डारी थापाले बताए अनुसार खरसाङ बजारको पुष्परानीमा रहेको मुख्य केन्द्रमा रहेको आठवटा रूमहरूमा जम्मा २८ वटा हिटरहरू लगाइएको छ। उनले दिएको जानकारी अनुसार आजको पहिलो दिनको परीक्षा शान्तिपूर्ण र सठीक तरिकाले सम्पन्न भएको बताएकी छन्।माध्यमिक परीक्षाको पहिलो दिन नेपाली विषयको परीक्षा सम्पन्न भएको छ। पहिलो दिन परीक्षार्थीहरूले हिटरको साथमा तातो भएर परीक्षा दिएका थिए। विद्यार्थीहरूले हिटर लगाइएको विषयमा खुशी व्यक्त गर्दै जाड़ोमा हिटर लगाएकोले परीक्षा लेख्न सुविधा भएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *